नेपाली चलचित्रमनोरञ्‍जन

‘मैले त कुरै बुझिन भन्या’

BINDAS ONLINE

‘मैले त कुरै बुझिन भन्या’

यतिबेला सामाजिक सञ्जाल नेपाली चलचित्र क्षेत्रका तीन कलाकारको एक अन्तर्वाता अनी तर्क-भनाइका कारण तातिएको छ। पहिलो नम्बरमा पर्छ ‘अभिनेत्री पूजा शर्माले एक अन्तर्वातामा नेपालमा १४ जिल्ला रहेको भन्दै जवाफ फर्काएको भिडियो जुन केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।’ अर्को दुई कुरा भने अनौठो तर्क र जवाफ रहेको छ। ‘साम्राज्ञीलाई भुवनको जवाफ’ अनी ‘भुवन केसीलाई साम्राज्ञीको जवाफ’।

शुक्रवार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्स्टाग्राममा एक भिडियो पोस्ट्याइन्, जहाँ उनले ५ वर्षको अवधिमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताउँदै केही फिल्मको सुटिङ सेटमा खाना र पानीको उपलब्ध गराउन आग्रह गर्दा निर्माता/निर्देशकले अपशब्द बोल्ने गरेको भन्दै पीडा पोखेकी छन् । माहोल त तब तातियो जब साम्राज्ञीको यो अभिव्यक्ति निर्माता तथा कलाकार भुवन केसीतर्फ केन्द्रित हुँदै गयो । उनले थुप्रै पटक मिडियासँगको अन्तर्वार्तामा फिल्म ‘ड्रिम्स’ को सेटमा आफूले भोगेका नराम्रा अनुभवहरु साटेकी छन् । तर, उनका भनाईहरुलाई नजरअन्दाज गर्दै आएका निर्माता भुवन केसीले यसपटक भने सामाजिक सञ्जाल फेसबुकमा यस्तो स्टाटस लेख्दै साम्राज्ञीलाई जवाफ फर्काएका छन् :

यता साम्राज्ञीले पुन: भुवन केसीको उक्त स्टाटसको जवाफ फर्काउदै इन्स्टाग्राममा एक भिडियो पोस्ट्याउँदै, ‘एक जनाले के भन्नुभएको छ भने जुन थालमा खायो त्यही थालमा दुलो पार्‍यो । उहाँले मसँग राम्रो व्यवहार गर्नुभएको थियो भने यो अवस्था आउने नै थिएन । आज यो अवस्था आएकै उहाँले गर्दा हो ’बताएकी छिन । उनले भिडियोमा भुवन केसीको नाम उच्चारण भने गरेकी छैनन् ।

यसरी पालै पालो गरेको ब्याङ्गको प्रहार देखे-सुने पछी प्राय सबै दर्शकहरुको भनाइ एकै रहेको छ्,’ मैले त कुरै बुझिन भन्या’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close