नेपाली चलचित्रमनोरञ्‍जन
Trending

निश्चित शुल्क तिरेर ‘चलचित्र टीभी’ एप मार्फत नयाँ नेपाली चलचित्र हेर्न मिल्ने

BINDAS ONLINE

नेपाली चलचित्रलाई लक्षित गर्दै निर्मात्री तथा नायिका ऋचा शर्माले ‘चलचित्र टीभी’ एप सञ्चालनमा ल्याएकी छन्।

नेपाली चलचित्रहरुलाई डिजिटल एप मार्फत दर्शकसामु पुर्‍याउन नायिका ऋचा शर्मा लगायत केही आईटीमा आवद्ध व्यक्तिहरुको समूहले नयाँ चलचित्र एप सार्वजनिक गरेको हो । जुन २४ गते विहान ‘चलचित्र टिभी’ नामक एप सार्वजनिक गर्दै नायिका ऋचा शर्माले www.chalchitra.tv लग इन गरेर एपमा जान सकिने बताइन्।

उनले एप निर्माणका लागि दुइटा चलचित्र खरिदसहित ६० लाख रुपैयाँ खर्च लागेको बताइन् । “नेपालमा एउटा विश्वासिलो चलचित्र एपको आवश्यकतालाई लक्षित गर्दै हामीले यो चलचित्र टिभी एप निर्माण गरेका हौं । पक्कै पनि हाम्रो उद्देश्य पूरा हुने छ,” उनले भनिन्, “नेपाली चलचित्रलाई डिजिटल प्लेटफर्ममा आकर्षित गर्न महत्पूर्ण भूमिका खेल्छ भन्ने हाम्रो विश्वास पनि छ ।”

‘चलचित्र टिभी’ एपमा सुरुमा कलाकार, निर्माता तथा निर्देशक दीपकराज गिरीका दुई चलचित्र ‘छक्का पञ्जा–३’ र ‘छ माया छपक्कै’ राखिने छ । एपमा पनि यी २ फिल्म संगै दाल भात तरकारीलाई सिघ्र प्रसारणको रुपमा राखिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close