मनोरञ्‍जन

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’ थिएटरमा रिलिज नहुने (भिड्यो)

BINDAS ONLINE

टिभी सिरयल ‘पवित्र रिस्ता’ देखी लिएर एम.एस धोनी, छिछोरे , पिके जस्ता सुपर हिट फिल्म दिएका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको (जुन-१४) १३ दिनअघि निधन भएको हो। मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पासो लगाएर सुशान्तले आत्महत्या गरेका हुन। सुशान्त सिंह राजपूतको आत्महत्याको खबरले हर कोही स्तब्ध छन् । गएको केही दिनयता उनका प्रशंसकहरु सोसल मिडियामा सुशान्त पनि नातावाद कै कारण ज्यान गुमाउनु परेको भन्दै न्यायको माग गरिरहेका छन् । नातावादलाई च्यालेन्ज दिदै सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’लाई बलिउड कै सबै भन्दा हिट फिल्म बनाउन पर्छ भन्दै धेरै दर्शकले कम्मर कसेका थिए । तर अब यो सपना पनि अधुरै रहने भएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारत सरकारले लकडाउन घोषणा गरेसँगै सिनेमा हल बन्द भएपछि मे ८ मा प्रदर्शन हुने तय भएको ‘दिल बेचारा’ रिलिज हुन पाएको थिएन । यो फिल्म सन् २०१४ को अमेरिकी फिल्म ‘द फल्ट इन आवर स्टार्स’ को बलिउड रिमेक हो । अभिनेता सुशान्तको अन्तिम फिल्म भएका कारण दर्शकहरु यो फिल्म हेर्न व्यग्र प्रतिक्षामा छन् । तर यो फिल्म अब सिनेमा हलमा रिलिज नहुने भएको छ। सिनेमा हलमा रिलिज नहुने भए पछी प्रशंसकहरु सामाजिक सन्जालमा फिल्म नातावादले गर्दा नै थिएटर रिलिज नहुने भएको भन्दै आक्रोश व्यक्त गरेका छ्न ।

फिल्म ‘दिल बेचरा’ मुकेश छाबडा निर्देशित फिल्म हो। थिएटर रिलिज नहुने भए पछी फिल्मलाई ओटीटी प्लेटफर्ममा रिलिज गरिने भनिएको छ। फिल्ममा सुशान्तको अपोजिटमा सञ्जना सांघीले अभिनय गरेकी छन् । फिल्म आउँदो महिना अर्थात् जुलाई २४ मा डिज्नी हटस्टारमा रिलिज गरिने भएको छ । ओटीटी प्लेटफर्ममा रिलिज भए पछी फिल्म ‘दिल बेचारा’ निःशुल्क हेर्न पाइने सकिने भारतिय मिडियामा बताइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close