गीत/संगीतमनोरञ्‍जन

गीतमार्फत जातीयरुपमा गरिने विभेदको कुरा उजागर गर्दै चिरञ्जीवी सापकोटा

BINDAS ONLINE 

सञ्चारकर्मी चिरञ्जीवी सापकोटाको अर्को नयाँ गीत सार्वजनिक भएको छ।

प्रताप दासको आवाज सङ्गै चिरञ्जीवी सापकोटा र प्रविन भट्टको र्याप रहेको नयाँ गीत ‘जात’को भिडियो सार्वजनिक भएको हो। गीतमा ललित पौडेलको शब्द तथा ओम सुनारको संगीत रहेको छ । अभि सुनार, गीता ढुंगाना र रविन्द्र सुवेदिको अभिनय रहेको उक्त गीतलाई सञ्चारकर्मी सापकोटाले नै निर्देशन गरेका हुन।

सञ्चारकर्मी चिरञ्जीवी सापकोटा (जिविचिरन)ले लकडाउनको अवदीभर देशमा चलेका विभिन्न फन्डा र चर्चाको बिषयलाई लिएर गीत बनाएका छ्न। जिविचिरनले भाग कोरोना,ईतिहास र अहिले जात बोल्को गीत ल्याएका छ्न। रुकुम-जाजारकोट घटनापछि मुलुकमा जातिय विभेदको विषय उत्कर्षमा पुग्दै गर्दा उनले गीतमार्फत जातीयरुपमा गरिने विभेदको कुरा उजागर गरेका छन्।

गीतको म्युजिक भिडियो शनिबार आहा टिभी युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close