Breaking Newsमनोरञ्‍जनसमाचारहलिउड/बलिउड

जस्तोसुकै बाधा आए पनि आत्महत्या गर्नुहुदैन भन्ने सुशान्त आफ्नै जीवनसंग हारे

BINDAS ONLINE 

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले बान्द्रामा रहेको आफ्नै घरमा फासी लगाएर आत्महत्या गरेका छन्।

पहिलो चलचित्र एम.एस धोनी ब्क्क्टै सफलताको उचाइ चुम्न थालेका अभिनेता हुन सुशान्त । लगातार हिट फिल्म दिदै चर्चा र तारिफ पाएका सुशान्तले एकासी किन आत्महत्या गरे भन्ने कसैले अनुमान सम्म लगाउन सकेका छैन । यस सम्बन्धको जाच भैरहेको भारतीय मीडियाले उल्लेख गरेका छन् । उनको अन्तिम फिल्म हो छिचोरे । छिचोरे फिल्ममा मुख्य भुमिका निभाएका सुशान्तले फिल्म मार्फ्त ‘ आत्महत्या समस्याको समाधान होइन, जिन्दगीम अनेकौ बाधा आउछन हामीले समयलाई पर्खनु पर्छ हतारमा गल्त कदम उठाउनु हुदैन ‘ भन्ने सन्देश दिएका थिए तर आज दिउँसो एकाएक भारतिय मिडिया मार्फ्त यस्तो खबर आयो । हुन त केही दिन यता सुशान्त आफ्नी टुइटरमा खासै देखिएका थिएन्न । उनको अन्तिम टुइट रिप्लाइ यस्तो थियो :

बान्द्रामा रहेको आफ्नो घरमा उनको शव झुन्डिएको अवस्थामा फेला परेको हो। प्रहरीहरु घटना स्थलमा पुगेर उनको शव अस्पताल लगिएको भारतीय मिडियाले बताएको छ । टेलिभिजनबाट आफ्नो करियर सुरु गरेका राजपुतले ‘काई पो चे’ चलचित्र मार्फत बलिउडमा डेव्यु गरेका थिए। ‘सुद्ध देशी रोमान्स’, ‘रब्ता’,  ‘पिके’, ‘ एमएस धोनी’ , केदारनाथ’ , ‘छिछोरे’ लगायतका चलचित्रमा उनले अभिनय गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close