मनोरञ्‍जनसमाचार
Trending

नयाँ पुस्ताको सभ्य आन्दोलन: धरान (फोटोहरु सहित)

BINDAS ONLINE

सरकारले कोरोनाको पीसीआर परीक्षण नबढाएको, भएका खर्चहरुको विवरण सार्वजनिक नगरेको लगायतका विषयमा शुक्रबार विभिन्न स्थानमा सरकारको विरोधमा युवाहरुले मौन प्रदर्शन गरेका छन्।

शुक्रबार साझ ५ बजे धरानको भानुचौकमा सयौको संख्यामा उपस्थित युवाहरुले कोभिड–१९ को उपचार तथा रोकथाम नियन्त्रणमा सरकारले १० अरब खर्चको विवरण सार्वजनिक गर्न र कार्पेट होइन पीसीआर टेस्ट बढाऔं भन्दै विरोध गरेका छन् । उनीहरले बिभिन्न प्लेकार्ड सहितको नारा लगाउदै देशका बिभिन्न चिकित्सकहहरुले पटकपटक स्वास्थ्यमन्त्री लाई पीसीआर बाहेक अर्को डाइग्नोक्सिस हुनै नसक्ने बताएको जिकिर गरे पनि सरकारले नसुनेर ब्यापक भ्रष्टाचारको जालो बुनिरहेको बताएका थिए । लकडाउनको बाहाना बनाई सरकारले पीसीआर, आरडिटी र क्वारेन्टाइनको नाममा समेत भ्रष्टाचार गरेको भन्दै विरोध गरिएको हो ।सोही नाराको क्रमममा युवाहरुले राष्ट्र गानका साथै देशभक्ति गीतहरु गाउदै सभ्य आन्दोलन गरेका छन् ।

फोटो :

 

( फोटो : आयुश शाक्य र श्रीजन श्रेष्ठ )
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close