मनोरञ्‍जनसमाचार

अब होटल गजुर प्यालेसले विवाहको संयोजन (वेडिङ प्लान) गर्ने

BINDAS ONLINE 

धरान (२०७७-०२-३०) – धरान ८ भोटेपुलमा रहेको होटल गजुर प्यालेसको टिमले विवाहको संयोजन (वेडिङ प्लान) गर्ने भएको छ । गजुर वेडिङ प्लानर्स एण्ड इभेन्ट म्यानेजमेन्ट भनी यस कार्यको थालनी गरिएको छ ।

करीब एक साता अघि यस विषयमा तालिम लिएर प्लानिङ समुह तयार गरीएको होटल गजुरकी सिओओ रञ्जना झाले बताइन । गजुर वेडिङ प्लानर्सले देशभर सेवा दिनेछ । एउटा विवाहका लागी आवश्यक पर्ने सबै सेवा जस्तै संगितहल्दी कार्यक्रममेहेन्दी कार्यक्रमस्थानफोटोग्राफी र भिडियोग्राफीक्याटरीङडेकोरेसन सबै उपलब्ध हुनेछ ।‘ उनले भनिन, ‘हामी १० जनाको टिमले हरेक व्यक्तिको महत्वपूर्ण अवसर विवाहलाई अविस्मरणिय बनाउनका लागी पूर्ण रूपले लागी पर्नेछाै ।

विवाहको लागी अहिले चारवटा क्याटोगरी रहेको झाले बताइन । हाल हामीले रोयलक्लासिक रोयलप्राइम र प्राइम प्लस गरी चार क्याटोगरीको विवाहको प्लान गरेका छाै ।‘ उनले भनिन, ‘क्लासिक रोयलमा आवश्यकता अनुसार घोडा लगायतको सुविधा दिइनेछ । यस्तै प्राइम प्लसमा हरेक समुदायको संस्कृति अनुसारको विधीहरू प्लस गरिनेछ । रोयल राजकिय तरीकाको र प्राइममा विवाहका लागी चाहिने आधारभुत सेवा प्रदान हुनेछ ।‘ विवाह घरमा वा बाहिर देशभर जहाँ गरेपनि सेवा उपलब्ध हुने उनले बताइन ।

गजुर वेडिङ प्लानर्स एण्ड इभेन्ट म्यानेजमेन्टले वेडिङडेस्टिनेसन वेडिङइन्जेगमेन्टएनिभर्सरीकर्पोरेट इभेन्टबेबी सावरब्रतबन्धगुन्युचोलीपास्नीजन्मदिनको कार्यक्रम लगायतको सेवा दिइने होटल गजुर प्यालेसका संचालक गोपाल आर्चायले बताए । सेवाको लागी होटल गजुर प्यालेसको वेभसाइट www.hotelgajur.com वा ०२५ ५२१८७२ मा सम्पर्क गर्न सकिने आचार्यले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close