नेपाली चलचित्रमनोरञ्‍जन
Trending

‘प्रेमगीत-३’ को गितलाई २४ घण्टामै ८ लाख भ्युज,ट्रेन्डिङको शिर्षस्थान नजिक

‘हात्ती ढुङ्गामा’: दर्शकबाट उत्कृष्ट प्रतिक्रिया

BINDAS ONLINE 

सन्तोष सेनको फिल्म ‘प्रेमगीत–३’को पहिलो गीत ‘हात्ती ढुङ्गामा’ सोसल मिडिया युट्युवमा छोटो समयमै ट्रेन्डिङमा आउन सफल बनेको छ ।यो समाचार तयार पार्दासम्म मंगलबार मात्रै ओएसआर मुभिजबाट रिलिज गरिएको ‘हात्ती ढुङ्गामा’ गीत ट्रेन्डिङ ४ मा आइसकेको छ । रिलिजमा भएको २४ घण्टामै यो गीतको भिडियोले आठ लाख भन्दा बढी भ्यूज पाइसकेको छ, भने दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया बटुलिरहेको छ । यस गीतको भिडियोले अहिलेसम्म ५१ हजार भन्दा बढी लाइक्स पाएको छ भने कमेन्ट ६ हजार बढि आएको छ।

नयाँ युट्युव च्यानलमार्फत रिलिज गरिएको यस गीतको भिडियो १२–१३ घण्टादेखिनै ट्रेन्डिङमा आउँदा निर्माण टिम पनि दंग छ । निर्माता तथा निर्देशक सन्तोष सेनले छोटो समयमै फिल्मको गीतको भिडियो ट्रेन्डिङमा आएपछि खुसी व्यक्त गर्दै दर्शकहरुलाई आभार प्रकट गरेका छन् । नायक प्रदीप खड्का र नवनायिका क्रिष्टिना गुरुङ फिचर्ड गितको भिडियोमा दुवैजनाको लुक्स र प्रस्तुतीले जो कोहीको मन सजिलै जित्छ । प्रदीप र क्रिष्टिनाको जोडी पनि गज्जबको देखीएको छ । दुवैको नृत्यलाई लिएर पनि उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ ।

सुरुदेखी प्रतिक्षित बनिरहेको फिल्म ‘प्रेमगीत ३’ को ‘हात्ती ढुंगामा’ गित रिलिज भएसंगै फिल्म झन प्रतिक्षित र कोतुहलपुर्ण बनेको छ । महँगो बजेट र ठुलो क्यानभासमा सन्तोष सेनले निर्माण गरेको फिल्मको अधिकांश दृष्य मनाङमै छायांकन गरिएको हो । मनाङअघि किर्तिपुरमा अहिलेसम्मकै ठुलो सेट निर्माण गरेर फिल्मको छायांकन गरिएको थियो ।

कल्याण सिंहको संगीतमा तयार गीतमा मेलिना राई र सागर आलेले स्वर दिएका छन् । हर्क बहादुर साउदको शब्द रचना रहेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको सिनेमाले २ सय वर्ष पुरानो लभस्टोरी पर्दामा उतारेको छ ।फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

फिल्ममा प्रदीप र क्रिष्टिनाको अलवा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत,प्रेम पुरी,लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतले अभिनय गरेका छन् ।  कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिय दिएका छन् । सामाजिक अभियन्ता चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् भने कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माताको रुपमा रहेको छ । यो फिल्मको बक्सअफिसमा तहल्का मच्चाउने विश्वास गरिएको छ ।

हेर्नुहोस ‘प्रेमगीत ३’ को पहिलो गीत ‘हात्ती ढुंगामा’ :

Tags
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close