नेपाली चलचित्रमनोरञ्‍जन

मेगास्टार अनमोल केसी अन्तरराष्ट्रिय ब्रान्ड ‘मिस्सिओ’को ‘ब्रान्ड एम्बासडर’मा अनुबन्धित

नायक अनमोल केसी फेरी अर्को ब्रान्डको ‘ब्रान्ड एम्बासडर’ बनेका छन । ‘‘मिस्सिओ’’ ब्रान्डमा उनि अनुबन्धित भएका हुन । अनमोल संगै काठमाण्डौको सिभिल मलमा एकसाथ पुगेका नायिका तथा मोडल शुभेच्छा खड्का र नायिका स्वेता खड्काले संचालनमा आएको ‘‘मिस्सिओ’’ ब्रान्डको शाखाको उद्घाटन गरेका छन् । ‘‘मिस्सिओ’ अन्तरराष्ट्रिय ब्रान्ड हो, जहाँ लाइफस्टाइल ब्रान्डहरु पाइन्छन् । काठमाण्डौको सुन्धारास्थित सिभिल मलमा यो ब्रान्डको नयाँ शाखा संचालनमा ल्याइएको हो ।

नायक अनमोल केसी र मोडल तथा नायिका शुभेच्छा खड्का यो ब्रान्डको ‘ब्रान्ड एम्बासडर’ हुन् । नायक केसीले महंगो रकममा यो ब्रान्डको प्रमोशन गरेको वुझिएको छ । उपत्यकाका विभिन्न ८ स्थानमा यो ब्रान्डको शाखा संचालनमा आएको छ ।नायक अनमोल केसीले शनिबार दिनभर फ्यानहरुसँग भेटघाट समेत गरेका थिए । ‘मिस्सियो’ले आयोजना गरेको फ्यानसँगको भेटघाटमा अनमोल विभिन्न ३ स्थानमा पुगेका थिए । ललितपुरको जावलाखेल, नयाँ बानेश्वर र सिभिल मलमा पुगेका अनमोललाई सयौ फ्यानले घेरेका थिए । उनले, फ्यानसँग कुराकानी गरे, सेल्फी खिचे ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close