गीत/संगीतमनोरञ्‍जन

टंक तिमिल्सिनाको ‘चल्यो बतास गित’ करोड क्लबमा (भिडियो)

सुदुरपश्चिमेली गायक टंक तिमिल्सिनाको गितले करोड क्लबमा प्रवेश पाएको छ । पछिल्लो समय नेपाली म्युजिक उधोगमा गितको भिडियो करोड क्लबमा प्रवेश गर्नुलाई ठुलो सफलता मान्न थालिएको छ ।

३ वर्ष अघि सार्वजानिक गरिएको चल्यो बतास बोलको गितको भिडियाले अहिले १ करोड बढि भ्युज पाएको हो । बिना बुस्ट र बिना प्रचार प्रसार यो गितले अर्गानिक भ्युज पाएको गायक तिमिल्सिनाले बताए । भिडियोमा अञ्जली अधिकारी,करिश्मा ढकाल,महेश क्षेत्री र महेश विन्दासको नृत्य रहेको छ ।

गितमा टंकको अलवा गायिका सम्झना भण्डारीको आवाज समेत सुन्न सकिन्छ । गायक टंक तिमिल्सिनाकै शब्द-संगितमा तयार गितको भिडियोलाई बब्बु थापाले निर्देशन गरेका हुन । हेर्नुहोस भिडियो:

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close