मनोरञ्‍जन
Trending

एक्सन,रोमेन्स र वियोगले भरिएको फिल्म ” शिवम “

रोमेन्स र वियोगले भरिएको फिल्म " शिवम "

BINDAS ONLINE

बिनोद दर्नाल धरान,

एक्सन ,रोमान्स र बियोग ले भरिएको फिल्म “शिवम” को टिम प्रचार प्रसार को क्रम मा मंगलबार पुर्वका दमक, बिर्तामोड,इटहरी र धरान मा प्रेस भेट्घाट र बिभिन्न कार्यक्रम ब्यस्त रहेको छ । यही असोज १७ गतेदेखि अल नेपाल रिलिजको तयारीमा रहेको चलचित्र शिवम् को ट्रेलर र गीत अत्यधिक रुचाइएको छ । आज भन्दा २ बर्ष अघी नै निर्माण भएको फिल्म रिलिज हुन ढिलाई भएको हो । मंगलवार इटहरी मा प्रेस भेट्घाट मा बोल्दै फिल्म का प्रस्तुत कर्ता तथा मुख्य अभिनेता सोहम भेट्वाल ले आन्तरिक तयारी नपुग्दा ढिलाई भएको स्विकार्दै फिल्म एक्सन प्रद भएको कारण ले चल्ने मा विश्वाश गरेका छन । प्रचार प्रसार कै क्रम मा टिम धरान को बगरकोट स्थित बगरकोट दोहोरी साझा मा पुगेको थियो जहाँ टिम लाई स्वागत गरिएको थियो । फरक फरक खाल्का चलचित्र निर्देशन गर्ने निर्देशक को नाम ले चिनिएका निर्देशक राजु गिरिले निर्देशन् गरेको फिल्म “शिवम” मा एक्सन लाई मुख्य प्राथमिकता दिएर बनाइएको देखिन्छ । उक्त चलचित्र टे्रलर हेर्दा मिलन बिछोड तथा रोमान्सलाई पनि प्राथमिकता दिएको देखिन्छ । चलचित्रमा सोहम भेट्वाल शुभेच्छा थापा, रबि गिरी, सोहम भेट्वाल, रस्मी भट्ट, पल्पसा डंगोल, राजकुमार थापा, प्रपि गिरी, मदन सिटौला लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ भने राजु गिरीको कथामा राजन भुजेलले लेखेको चलचित्रको निर्माण पर्वत कार्की र कल्पना खरेलले संयुक्त रुपमा गरेका हुन् । एसके प्रोडक्सनको ब्यानरमा सोहम भेट्वाल प्रस्तुतकर्ता रहेको चलचित्र को छायाँकन रामेश्वर हुमागाईंले गरेका हुन् भने सुवास देवकोटाले सम्पादन गरेका हुन् । फिल्म असोज १७ गते शुक्रबार देश भर का हल हरु मा एकसाथ रिलिज हुँदैछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close